नियम ४१
बन संरक्षण क्षेत्रको कार्ययोजनाको कार्यान्वयन
(१) नियम ४० को उपनियम (३) बमोजिम स्वीकृत विशेष कार्ययोजनाको कार्यान्वयन सम्बन्धित डिभिजनल वन कार्यालयले गर्नेछ ।

(२) दुई वा दुईभन्दा बढी डिभिजन वन कार्यालयको कार्यक्षेत्रमा पर्ने ऐनको दफा १५ वा १७. बमोजिमको वन संरक्षण क्षेत्रको हकमा उपनियम (१) : बमोजिमको विशेष कार्ययोजना कार्यान्वयनको लागि निर्देशनालयले समन्वय गर्नेछ।

(३) ऐनको दफा १५ वा १७ बमोजिमको वन संरक्षण क्षेत्रमा कार्ययोजनामा उल्लेख भए बमोजिम पर्यापर्यटन गतिविधि सञ्चालन गर्न सकिनेछ। यसरी पर्यापर्यटन गतिविधि सञ्चालन गर्दा नेपाल सरकारले निर्धारण गरेको मापदण्ड बमोजिम गर्नु पर्नेछ ।

(४) वन संरक्षण क्षेत्रको वन उपभोक्ता समूहले व्यवस्थापन गरेको बाहेकको वनक्षेत्रबाट कार्ययोजना बमोजिम प्राप्त हुने काठ, दाउरा वन संरक्षण क्षेत्रभित्रका उपभोक्ताले आफ्नो घरकाजका लागि- प्रयोग गर्न चाहेमा अनुसूची-१२ मा उल्लिखित परिमाणमा नबढ्ने गरी जिल्ला वन पैदावार आपूर्ति समितिले तोकेको दररेटमा उपलब्ध गराउन सकिनेछ।

(५) नियम ४० बमोजिम स्वीकृत वन संरक्षण क्षेत्रको विशेष कार्ययोजना कार्यान्वयनका लागि प्रदेश सरकारले आवश्यक सहजीकरण गर्नु पर्नेछ ।